काठमाडौं । भारतमा सेप्टेम्बर २२ देखि लागू भएको नयाँ जीएसटी करको सकारात्मक असर देखिन थालेको छ ।
विशेष गरि अटोमोबाइल क्षेत्रमा कारको मूल्य चार वर्ष अघिको स्तरमा पुगेपछि कम्पनिहरुले धमाधम कार बिक्री गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
जीएसटीको नयाँ दर लागु भएको पहिलो दिन शीर्ष तीन अटोमोबाइल कम्पनीहरू मारुती, हुन्डाई र टाटा मोटर्सले नवरात्रिको पहिलो दिन ५१ हजारभन्दा बढी कार बिक्री गरेको रिपोर्टमा उल्लेख छ । कम्पनीहरूले १० प्रतिशतभन्दा बढीको उत्सव छुट प्रदान गरेपछि कारको मुल्यमा कमि आएको र उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् ।
मारुतीले ३० वर्षको बिक्री रेकर्ड तोड्यो
सेप्टेम्बर २२ मा मारुतीले लगभग ३० हजार कार बिक्री गरेको छ भने ८० हजारले सवारी साधनको विवरणको बारेमा सोधपुछ गरेको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार यो पछिल्लो ३० वर्षमा सबैभन्दा राम्रो प्रतिक्रिया हो । साना कारको मूल्य १०-१५ प्रतिशतले सस्तो भएको छ, जसले मध्यमवर्गीय परिवारहरूलाई शोरूम सम्म ल्याएको धेरैको बुझाई रहेको छ ।
हुन्डाईले ५ वर्षको बिक्री रेकर्ड तोड्यो
नवरात्रिको पहिलो दिन हुन्डाईले लगभग ११ हजार कार बेचेको छ, जुन पछिल्लो पाँच वर्षमा यसको एकल(दिनको रेकर्ड हो । कम्पनीका अनुसार, ग्रान्ड आई १० निओस र क्रेटाको माग सबैभन्दा बढी देखिएको थियो ।
टाटाले पहिलो पटक एकै दिनमा गर्यो १० हजार कार डेलिभर
टाटाले पहिलो पटक एकै दिनमा १० हजारभन्दा बढी कार डेलिभर गरेको बताएको छ । नेक्सन र पन्च जस्ता एसयूभी मोडेलहरूको माग सबैभन्दा बढी देखिएको थियो । टाटाका प्रवक्ताले यो सुरुवात मात्र भएको र आगामी दिनहरूमा बिक्री अझ बढ्ने बताए ।
जाटो डाइनामिक्सको विश्लेषण अनुसार, गत महिना अगस्टमा सवारी साधनहरूमा औसत छुट ९।३ प्रतिशतले बढेर ४५ हजार ३९१ भारु पुगेको छ, जुन गत वर्षको अगस्टमा ४१ हजार ५१४ भारु रहेको थियो । यसको अर्थ कार कम्पनीहरूले गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशत बढी छुट दिइरहेका छन् ।
ह्याचब्याक सवारी साधनहरूमा छुट १०२ प्रतिशतले बढेको छ । यसले ह्याचब्याक खण्डमा तीव्र प्रतिस्पर्धालाई संकेत गर्छ, जसले गर्दा निर्माताहरूले बढी छुट प्रस्ताव गरिरहेका छन् । यसको विपरीत, सेडान, एसयूभी र एमपीभीहरूमा दिइने औसत छुटमा गिरावट आएको छ । सेडानहरूले प्रोत्साहनमा ४१.७ प्रतिशतके कमी देखिएको छ ।
भारतीय कम्पनीहरूले चार कारणले कारमा उच्च छुट प्रदान गरिरहेको विश्लेषण गरिएको छ ।
पहिलो, नवरात्रले चाडपर्वको मौसमको सुरुवातलाई संकेत गर्छ र यी नौ दिनहरूमा कार किन्नु शुभ मानिन्छ । दोस्रो, यस वर्ष जनवरीदेखि जुनसम्म २२ लाख सवारी साधन बिक्री भएका थिए । बिक्री केवल १.४ प्रतिशतले बढेको छ भने कम्पनीहरू बिक्री बढाउन दबाबमा छन् ।
तेस्रो अगस्टमा, कम्पनीहरूसँग ५६ दिनको इन्भेन्टरी थियो, जबकि २१ दिनको इन्भेन्टरी उद्योगको लागि आदर्श मानिन्छ । त्यस कारणले पनि कम्पनिहरुले धेरै छुट दिएर कार बिक्री गरिरहेका छन् ।
चौथो, पेट्रोल सवारी साधनहरूमा छुट १४ प्रतिशतले बढाएर ४४ हजार ७३३ भारु र डिजेल सवारी साधनहरूमा ३२.५ प्रतिशतले घटाएर ४५ हजार ८८७ मा पुर्याइएको छ ।
FACEBOOK COMMENTS