काठमाडौं । कियाले नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । नेपालका लागि अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेले नेपाली बजारमा कारेन्स ल्याएको हो ।
‘किया कारेन्स’लाई पूर्णआधुनिक पारिवारिक कारको रुपमा कम्पनीले चित्रण गरेको छ । किया कारेन्स भारतको इन्डियन कार अफ द इयर ९आईसीओटीवाई० २०२३ अवार्ड प्राप्त एमपीभी हो । भारतको गाडी पुरस्कार आइसीओटीवाईको १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो ।
गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएका थिए । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको कम्पनीले जनाएको छ ।
यसमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ ।
यो पेट्रोल इन्जिनमा उपलब्ध छ । ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ ।
कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।
कारेन्सका विशेषताहरुमा १९५ एनएम ग्राउण्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रो लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् ।
यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहित आएको छ । तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिन्छ । कियाले नेपाली कारप्रेमीमाझ आफूलाई भरपर्दो र विश्वसनीय ब्रान्डको रूपमा स्थापित गरेको छ । यसकाे मूल्य ४८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS