काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ रानीपाटी पानीट्याङ्की नजिकको एक घरबाट आठ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले गुल्मीको रेसुङ्गा गाउँपालिका–८ घर भई पानीट्याङ्की नजिकको घरमा डेरा गरी बस्ने ३२ वर्षकी उषा थापासहित आठ जनालाई पक्राउ गरेको हो ।
सहित तपसिलमा उल्लिखित मानिसहरूलाई निम्न दसीका सामानहरूसहित जुवा तास खेल्ने खेलाउने कार्य गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको ।
पक्राउ पर्नेमा उषा थापासहित नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ५८ वर्षका राजकुमार शाही मकवानपुरको थाहा नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१३ कालिमाटी २६ वर्षका सन्तोष तामाङ थाहा–११ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने ३६ वर्षका दुर्गाबहादुर तामाङ छन् ।
यस्तै, थाहा–८ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी २४ वर्षका तुलराम थिङ, पाँचथरको फालेलुङ गाँउपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ कलङ्की बस्ने ३४ वर्षका मनकुमार केरुङ लिम्बू, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाँउ ३५ वर्षका धनबहादुर भोलन र नुवाकोटको बेलकोटगढी नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २६ वर्षका राजकुमार तामाङ पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट एक लाख १० हजार ६३० रुपैयाँ नगद र तीन बुक तास बरामद भएको र काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS