काठमाडौं । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनापछि विमानमा भिषण आगो लागेको थियो । अहिलेसम्म दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । कम्तिमा ११ जना घाइते भएका छन् र उपचार भइरहेको छ भने धेरै जना बेपत्ता रहेको बताइएको छ ।
विमानले लगभग ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जुन विस्फोटपछि आगोको ज्वालाले च्याप्यो र नजिकैका व्यवसायहरूलाई ध्वस्त पार्यो ।
युपीएसको यस कार्गो विमानमा तीन जना चालक दलका सदस्यहरू रहेको बताइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार, हवाईका लागि उडान भर्ने उडान २९७६ स्थानीय समय अनुसार दिउँसो १:१५ बजे दुर्घटनाग्रस्त भएको थियो ।

FACEBOOK COMMENTS