काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सप्तरीको महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।
मुद्दा दायर भएकामा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि अर्थ विज्ञ–योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत (छैठौ) चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडा अध्यक्ष जगदिश मंडल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेव–२, कजौली, सप्तरीका अध्यक्ष हरि नारायण यादव, सचिव गगांराम यादव र कोषाध्यक्ष सावित्री देवी यादव, कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाका परामर्शदाता किरु इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रालि र सो प्रालिका प्रोप्राइटर हरिश कुमार सिंह रहेका छन् ।उनीहरुविरुद्ध जनही ६ लाख ९० हजार ६५७ रकम बिगो दाबि गर्दै कानुन अनुसारको सजायको माग गर्दै मुद्दा दायर गरको छ ।
FACEBOOK COMMENTS