काठमाडौँ । सर्लाहीको साविक हरिपूर्वा गाबिसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहायक पदमा नियुक्ति दिदा सरकार नियुक्ति पत्र सच्याएर उमेर नपुगेका यादवलाई नियुक्ति दिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
FACEBOOK COMMENTS