काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत कारबाही गरिने बताएको छ ।
अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका हुन् ।
मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिन नमिल्ने भन्दै उनले गृह मन्त्रालयले शुल्क सन्दर्भमा पत्राचार गरेसँगै कारबाहीको तयारी थालिएको बताएका छन् ।
मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषय बाहिर आएपछि गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई पत्र पठाउँदै कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर निर्देशन दिएको हो । सो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई पनि बोद्धार्थ गृहले दिएको छ।
FACEBOOK COMMENTS