पर्सा । जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको २ लाख ९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले ना.१० प ४४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।