काठमाडौं । बंगलादेशको मिरपुरमा शुरु भएको काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्किमेनिस्तानसँग सोझो सेटमा हारेको हो । खेलको पहिलो सेट २५–२२ ले हरेको थियो भने दोस्रो सेट २७–२५ ले हरेको थियो ।
नेपालले अब अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अक्टोबर २४ मा माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।
FACEBOOK COMMENTS