काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल ((सिबिफिन)को अध्यक्षमा पवनकुमार गोल्यान चयन भएका छन् ।
परिसंघको तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।
सभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, सह कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ , सदस्यमा उपेन्द्र केशरी, न्यौपाने उपेन्द्र प्रसाद पौडेल, उपेन्द्र प्रसाद पौडेल, मोतिलाल दुगर, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल प्रो. हिरेन्द्र मान प्रधान सहितको कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व बढाउने दिशामा अग्रसर हुन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट भएर लागि पर्न सबै पक्षहरुलाई सुझाव दिइन् ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पुर्याउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।
FACEBOOK COMMENTS