पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान
कर्पोरट खबर
10:12 am, सोमबार, कात्तिक ६, २०८०
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।
फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए । उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।
यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन ९फोहर दानी० राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।
FACEBOOK COMMENTS