काठमाडौं । काठमाडौं उपत्यकाका ललितपुर र भक्तपुरसहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् ।
गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरूको सरूवा गरेको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरूमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको समेत सरूवा भएको छ ।
ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका हुन् । (सीडीओ) फेरेको छ ।
मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरूवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरूवा भएको छ ।
तुलस प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रूपन्देहीको सीडीओमा सरूवा गरिएको छ ।
यस्तै गणेश अर्याल पर्सा, लालबहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरूवा भएका छन् ।
यस्तै टुकराज पोखरेलको धनकुटा, पुण्यविक्रम पौडेलको गोरखा, श्यामकृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्मी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेखबहादुर मग्रातीको जाजरकोट, नेत्रप्रसाद शर्माको ताप्लेजुङ, विनादे खड्काको संखुवासभा र मोहनराज जोशीको डोटीको प्रमुख जिल्ला अधिकारीका रूपमा सरूवा भएको छ ।
हेर्नुहाेस् सूची-
FACEBOOK COMMENTS