काठमाडौं । गृह मन्त्रालयले विभिन्न ७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं प्रजिअको जिम्मेवारी ऋषिराम तिवारीलाई दिईएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा थिए । हाल काठमाडौं जिल्लमा रहेका जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुनलाई सरुवा गरिएको छ । यस्तै सुनसरीमा धर्मेन्द्र कुमार मिश्र, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव र कैलालीमा गोगन बहादुर हमाललाई सरुवा गरिएको छ ।
सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापाका बन्धुप्रसाद बास्तोला र सल्यानका शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा तानिएको छ ।
FACEBOOK COMMENTS