काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेयर लगानीकर्तालाई तत्काल हितग्राही (डिम्याट) खाता नवीकरण गर्न आग्रह गरेको छ ।
डिम्याट खाता नविकरण नगरे भदौ १५ गतेदेखि मेरो सेयर रोक्का हुने जनाएको छ । लगानीकर्ताले आफ्नो डिम्याट खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै निक्षेप सदस्य (डिपी) लाई बुझाउनुपर्ने व्यवस्था रहेको भन्दै सोही अनुसार नविकरण गर्न भनेको हो ।
शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले ईडीआईएस हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएको जनाएको छ । क्लोज आउटमा पर्नबाट जोगिन भएपनि लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गर्न सिडिएससीले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS