काठमाडौं । पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको र आज बेलुकासम्मकै विवरण भने भोलि मात्रै उपलब्ध हुने जानकारी दिए ।
ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार, घटस्थापना (असोज ६ गते) देखि आज बिहानसम्म उपत्यकाबाट ८३ हजार ८७ सवारी साधनमा ४ लाख ६० हजार ९७७ यात्रु बाहिरिएका छन् ।
सोही अवधिमा ६१ हजार ७८१ सवारी साधन मार्फत २ लाख ५२ हजार ७५५ यात्रु उपत्यका भित्रिएका छन् ।
घटस्थापनाका दिन देखि ११ गतेसम्म २ लाख ६७ हजार ४४६१ यात्रु ४५ हजार ४९३ बढी सवारी साधनमा काठमाडौँ उपत्यका बाहिर गएका थिए । तर काठमाडौँको भित्रनेको सङ्ख्या पनि करिब उस्तै छ ।
घटस्थापनादेखि असोज ११ गतेसम्म १ लाख ५६ हजार ७८६ यात्रु ४१ हजार ५९४ सवारी साधनमा भित्रिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS