२९ भदौ , काठमाडौं । ५७औँ राष्ट्रिय बाल दिवसको ‘सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा रहेको छ ।
नेपालमा रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस मनाउन शुरुवात गरिएता पनि २०६२÷६३ पछि मुलुक गणतान्त्रिक पथमा लम्कियो र भाद्र २९ लाई बाल दिवसका रूपमा स्थापित गरियो । त्यसो त, नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको यसै दिन देखि बाल दिवस मनाउन थालिएको हो । बालअधिकारका क्षेत्रमा कार्यरत संघ,संस्थाले बाल दिवसलाई आ–आफ्नै्र तरिकाले विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने गर्छन् ।
विद्यालयहरुले पनि विद्यार्थीहरुलाई सहभागी गराएर कार्यक्रमहरु गर्ने गरेका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ । यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालर्मत्री राष्ट्र निर्माणका लागी प्रत्येक घरपरिवार बालमैत्री हुनु जरुरी रहेको बताउनु भएको छ ।
कोभिड–१९ को तेस्रो लहरबाट बालबालिकालाई बचाउन अस्पतालले २० प्रतिशत श–या छुट्याउनुपर्ने सरकारको आग्रहको कार्यान्वयनका लागि पहल, ६० जिल्लामा १८० जना कोभिड सङ्कट बालबालिका सहायता स्वयम्सेवी समूूह परिचालन भइरहेको छ । नेपालमा बालबालिकाको हक, अधिकार प्रवद्र्धनका प्रयास र उपलब्धि सकारात्मक देखिएका छन्।
FACEBOOK COMMENTS