काठमाडौं। विश्व प्रसिद्ध घडी तथा लाइफस्टाइल ब्राण्ड टाइटनले नेपालमा आफ्नो २२औँ वार्षिकोत्सव विशेष समारोहका बीच भव्य रूपमा मनाएको छ ।
नेपालमा टाइटन ब्रान्डको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालि द्वारा आयोजित कार्यक्रममा टाइटन कम्पनीको अन्तर्राष्ट्रिय व्यापार विभाग आईबीडी अन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको शुभारम्भ सिन्हाले दीप प्रज्वलन गर्दै गरेका थिए । समारोहमा नेपालभरबाट करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा टाइटनको नेपालमा दुई दशकभन्दा लामो सफल यात्राको समीक्षा गर्नुका साथै आगामी रणनीति र योजनाबारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जितेन्द्र सिन्हाले नेपालमा टाइटनप्रतिको ग्राहक विश्वास र लोकप्रियता निरन्तर बढ्दै गएको बताए । उनले भारतपछि नेपाल टाइटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै ग्राहक, डिलर तथा एनटीएन परिवारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनका अनुसार नेपालमा टाइटनको बजार विस्तारसँगै ब्राण्ड मूल्यसमेत सशक्त रूपमा वृद्धि भइरहेको छ ।

समारोहको प्रमुख आकर्षणका रूपमा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्राण्डको आधिकारिक ब्राण्ड एम्बासडर घोषणा गरिएको थियो ।

सिन्हाले आलिया भट्टको व्यक्तित्व, आधुनिक सोच, विश्वव्यापी लोकप्रियता तथा युवा पुस्तामाझ रहेको प्रभावले टाइटनको ब्रान्ड छविलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । कम्पनीले नेपाली ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध स्थापित गर्न तथा नयाँ पुस्तासम्म आफ्नो पहुँच विस्तार गर्न यो निर्णय महत्वपूर्ण हुने जनाएको छ ।

२२औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष उपहारस्वरूप असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यो योजना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा ब्रान्डप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने उद्देश्यले ल्याइएको हो ।
कार्यक्रममा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरहरूलाई सम्मानित गरिएको थियो । साथै हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित टाइटनका एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो । कम्पनीले यी नयाँ आउटलेटमार्फत देशका प्रमुख बजारहरूमा आफ्नो पहुँच अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
समारोहका सहभागीहरूलाई हालै ओटीटी प्लेटफर्ममा सार्वजनिक गरिएको मेड इन इन्डिया: अ टाइटन स्टोरीशृङ्खलाबारे पनि जानकारी गराइएको थियो । उक्त शृङ्खलाले टाइटन ब्रान्डको स्थापना, नवप्रवर्तन, चुनौती र सफलताको प्रेरणादायी यात्रा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
यसै अवसरमा नेपाल ट्रेड नेटवर्क प्रालि का प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले कम्पनीको भावी योजनाबारे जानकारी दिँदै सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीन वटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनले टाइटनलाई नेपालका थप शहर तथा बजारसम्म विस्तार गर्दै ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने र बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
हाल टाइटनका दरबारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही (दाङ) तथा पोखरामा गरी १० वटा आउटलेट सञ्चालनमा रहेका छन् । कम्पनीका अनुसार यी आउटलेटमार्फत देशभरका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनहरू सहज रूपमा उपलब्ध गराइँदै आएको छ ।
नेपालमा सन् २००४ देखि आफ्नो यात्रा सुरु गरेको टाइटनले आज घडी तथा लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा आफूलाई एक भरोसायोग्य र लोकप्रिय ब्रान्डका रूपमा स्थापित गरिसकेको छ ।
२२ वर्षको सफल यात्रालाई उत्सवका रूपमा मनाउँदै कम्पनीले आगामी दिनमा पनि नेपाली ग्राहकलाई विश्वस्तरीय गुणस्तर, नवीनता र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।