काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा विशेष अफर ल्याएको छ ।
कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप अफर ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाइसी भेरिफाइ गरी बैंक लिंक गरेर तत्काल २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनेछन् । साथै, यसका साथै पहिला ३३३ ग्राहकहरुले सामसुङ ग्यालेक्सी ए ५२ जित्नेछन् ।
ग्राहकहरुले सेलपे कार्टमा २० प्रतिशत छुट अधिकतम १ हजारसम्म पाउन सक्नेछन् । पहिलो पटक फण्ड ट्रान्सफर गर्दा २०० बराबरको सपिङ भाउचर पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो योजना आज (आइतबार) साँझसम्मका लागि मात्र लागु हुने छ ।
FACEBOOK COMMENTS