काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो ।
बैठक २१ जेठ बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

