काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेका निकट सहयोगी मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तनले एक हप्ताअघि फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट थापालाई नियन्त्रणमा लिएको हो । उनी नेपालबाट अमेरिका जाँदै गर्दा पक्राउ परेका थिए र उनलाई अहिले फिलाडेल्फिया फेडेरल डिटेन्सन सेन्टरमा राखिएको छ ।
बाल्टिमोर, मेरिल्यान्डका बासिन्दा थापा अमेरिकास्थित नेपाली समुदायको संस्था बाल्टिमोर एसोसिएशन अफ नेप्लिज इन अमेरिकाका संस्थापक अध्यक्षसमेत हुन् । उनी पछिल्लो समय नेपालमा राजनीतिक रूपमा सक्रिय थिए र रवि लामिछानेका सबैभन्दा विश्वासिला व्यक्तिहरूमध्ये एक मानिन्छन् ।
थापा विगतमा विवादमा परेका व्यक्ति हुन् । उनले मेरिल्यान्डमा ड्राइभर लाइसेन्सको दुरूपयोगको आरोपमा जेल सजाय भोगेका थिए । स्रोतहरूका अनुसार उनी ग्रीन कार्ड होल्डर हुन् ।
FACEBOOK COMMENTS