काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता स्वरुप १ करोड १५ लाख ८७ हजार ८९२ रुपैयाँ दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम दिएको हो ।
बैंकका अनुसार, गत आवमा बैंकले सिइओलाई तलब भत्ता बापत ९२ लाख २७ हजार ४४१ रुपैयाँ रकम दिएको छ भने दशैै खर्च बापत ७ लाख ५ सय रुपैयाँ, संचय कोष बापत ४ लाख ३३ हजार ४५१ रुपैयाँ र १२ लाख २६ हजार ५ सय रुपैयाँ रकम अन्य सेवा बापत दिएको जनाएको छ ।
त्यस्तै ,यी सेवा बाहेक पनि बैंकले सिइओलाई चालक, इन्धन र मर्मत सम्भारसहित सवारी साधनको व्यवस्था गरेको छ । बैंकले सञ्चालक र बैंकका सम्पुर्ण कर्मचारीलाई बैंकको नियमानुसार दुर्घटना बीमाको समेत व्यवस्था गरेको बैंकले जनाएको छ । सिइओलाई बास्तविक खर्च र अन्य कार्यृकारिणी तहका सम्पुर्ण अधिकृतलाई तोकिएको रकम सम्म नियमानुसार मोबाइल फोनको भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS