काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको हो ।
बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने भएको हो ।
FACEBOOK COMMENTS