काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन चार वर्षका लागि पुन ; नियुक्त भएका छन्।
शेरचन तेस्रो कार्याकालका लागि बैंकको प्रमुख कार्यकारी नियुक्त भएका हुन् । बैंकको सञ्चालक समितिले माघ १२ गतेदेखि लागू हुने गरी उनलाई पुनस् प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघि उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियुक्त भएका थिए ।
प्रभु बैंकले सेञ्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेपछि अशोक तेस्रो कार्यकालका लागि सिइओ बनेका हुन । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।
सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । उनले सन २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
FACEBOOK COMMENTS