काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । असोज १८ गतेदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीले बिहीबार श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।
योसँगै सीईओ श्रेष्ठ नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा प्रमुख कार्यकारी अधिकृत बन्ने दोस्रो महिला बनेकी छिन् । सीईओ श्रेष्ठले शुक्रबारदेखि नै कार्यभार सम्हालेकी छिन् ।
नव नियुक्त सीईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले आफ्नो अथक प्रयास र समर्पणले यो क्षेत्रमा सफल बनाएको हो ।
नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”
FACEBOOK COMMENTS