काठमाडौं। समृद्धि फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टीकानिधि लोहनीलाई पुनः नियुक्त गरेको छ।
गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
लोहनीको अघिल्लो कार्यकाल गत मङ्सिर १४ गते समाप्त भएको थियो। कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई पुनः सीईओको जिम्मेवारी सुम्पिएको हो।