काठमाडौं । नेपाल स्टक एक्सचेन्ज को सिईओ परिवर्तन भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल स्टक एक्सचेन्जको सिईओमा चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अघिल्लो मन्त्रीपरिषद् बैठकले नारद कुमार लुईंटेललाई सीईओमा नियुक्त गरेको थियो । तर उनको योग्यता नै नपुगेको तथ्य खुलेपछि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन ।
योग्यता नपुगेको तथ्य प्रमाणिकरण हुन नसकी लुईंटेलको सीईओ पद खारेज भएको हो ।
FACEBOOK COMMENTS