काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको २२३औं बैठकले सीईओ श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
श्रेष्ठले दिएको राजीनामा आगामी २०८३ कात्तिक १० गतेदेखि लागू हुनेछ । सोही मिति देखि नै लागू हुने गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।