काठमाडौं । सीएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष तालिम सम्पन्न गरेको छ । चीनस्थित सीएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् । मसिंर २९ देखि पुष २ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौंडा, बुटवल र पोखराका टेक्निसियन सहभागी भएका थिए ।
कार्यक्रम सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । तालिम सीएफ मोटोका फोर व्हीलर र टु व्हीलर प्रडक्टको मर्मत सम्भारसँग सम्बन्धित थियो । कम्पनीका महाप्रबन्धक उज्ज्वल जोशीका अनुसार सीएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्रीपछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ ।
‘सीएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखि बिक्री हुँदै आएको हो । यो ब्राण्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्टस नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौं । सर्भिसिङलाई सहज बनाउन स्थानीयस्तरमा वर्कशप सञ्चालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनुपर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रम सम्पन्न गरेका हौं,’ उनले भने ।
ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जिहो ब्राण्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्रीपछिको सेवामा केन्द्रित गर्दै लगेकोे छ । ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्टसमा नै छ । हाम्रो प्रडक्ट प्रयोग गर्ने कोही पनि ग्राहकले सर्भिस र स्पेयर पार्टस नपाएर हैरानी खेप्नु नपरोस् भन्नेमा हामी सचेत छौं । सोहीअनुरूप पछिल्लो समय शोरूमको विस्तारसँगै स्थानीयस्तरमा वर्कशप सञ्चालन गर्ने टेक्निसियनलाई समेत तलिम दिन थालेका हौं । हाम्रो यो कदमले आगामी दिनमा सीएफ मोटो र जिहो ब्राण्डको मर्मत सम्भार कार्य झनै सहज वन्ने विश्वास छ,’ महाप्रबन्धक जोशीले भने ।
FACEBOOK COMMENTS