काठमाडौं । ‘मनाङ मनिया वाइ काठमाण्डू लिजेन्ड्स’मा सीएफ मोटोका एटीभी/एसएसभीका राइडर्स पनि सहभागी हुने भएका छन् ।
यही फागुन २५ गतेदेखि २८ गतेसम्म हुने एड्भेञ्चर एण्ड थ्रील राइडअन्तर्गत ‘मनाङ मनिया वाइ काठमाण्डू लिजेन्ड्स’मा विश्वभर प्रचलित रहेको सीएफ मोटोका मल्टीप्रपोज युटिलिटी ट्याक्टरले सहभागिता जनाएको भएको हो । मल्टीप्रपोज युटीलिटी ट्याक्टर नेपालमा राम्रो क्रेज भएको सवारी साधन हो ।
साहसिक यात्राका साथसाथै भाइचाराको बलियो उदाहरण विश्वलाई दिन सकिने विश्वासका साथ उक्त कार्यक्रममा आफ्नो सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा सहभागिता जनाउन सीएफ मोटोका राइडर्सहरू आज बिहीबार मनाङतर्फ लागेका छन् ।
क्वाड बाइक विश्वको विभिन्न देशमा साहसिक सवारी, मनोरञ्जको सारथी र कृषि उपयोगिताका लागि प्रचलित रहेको पेट्रोलबाट सञ्चालित सवारीको एक अद्भुत आविष्कार हो । सन् २०२३ मा विश्वभर यस्ता क्वाड बाइकहरूको वार्षिक बिक्री ७ लाख युनिट रहेको थियो भने यसको बढी बिक्री नर्थ अमेरिका, युरोप र ल्याटिन अमेरिकामा रहेको छ ।
विश्वभर यस्ता मल्टिप्रपोज युटिलिटी ट्याक्टरको बिक्रीको आधारमा दशौँ स्थानभित्र पर्ने सीएफ मोटोले १०० वटा भन्दा बढी देशमा तीन हजार भन्दा बढी डिलर नेटवर्कमार्फत आफ्नो बलियो उपस्थिति कायम गरेको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले जानकारी दिएको छ ।
ऋषि ट्रेडले सन् २०१९ मा आयोजना भएको नाडा अटो शोमार्फत आफ्नो पहिलो मोडेल ‘जेड फोर्स ५०० ईएक्स, साइड वाइ साइड (एसएसभी)’ नेपाली बजारमा भित्र्याएको थियो । कम्पनीले उक्त मोडेलपश्चात ग्राहकको चाहना र आवश्यकता अनुसार सीएफ मोटोका ‘जेड फोर्स ८०० एसएसभी र सी फोर्स ५२० एल मोडेलहरू पनि बजारमा बिक्रीवितरण गर्दै आएको छ । पोखरा, मुस्ताङ्ग, इलाम, नगरकोट र काठमाडौं आसपासका विभिन्न रिसोर्टहरूमा सीएफ मोटोका मल्टीप्रपोज युटीलिटी ट्याक्टरहरू सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS