काठमाडौं । नेपालमा विश्वबिख्यात दुईपांग्रे ब्राण्ड सीएफ मोटो तथा जिहो ब्राण्डका उत्पादनहरूको आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका विभिन्न मोडलहरूको टेष्ट ड्राइभ र बुकिङ खुला गरेको छ ।
ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका ‘एनके–२५०’, ‘एसआर–२५०’ र ‘एनके–४५०’ तथा जिहोका डबल ब्याट्री भएको ‘एई–६ एलआर’ र सिटी स्पोर्टस मोडलहरू नेपालमा सार्वजनिक गरेसँगै टेष्ट ड्राइभ र बुकिङ खुला गरेको हो ।
विभिन्न उमेर समूहलक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारी साधन रोज्नेहरूका लागि जिहो ब्राण्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने विश्वास कम्पनीले गरेको छ । सीएफ मोटो तथा जिहोका उत्पादनहरूको टेष्ट ड्राइभ तथा बुकिङ काठमाडौंको नक्साल, ललितपुरको झ्mम्सीखेल र भक्तपुरको सल्लाघारीस्थित आधिकारिक शोरूमबाट गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सीएफ मोटोको उत्पादनहरूलाई उत्कृष्ट बिक्रीवितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकहरूलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सीएफ मोटो तथा जिहोलाई नयाँ रूपमा बिक्री वितरणको रणनीतिसहित नयाँ आधिकारिक बिक्रेताको रूपमा छनोट भएको हो ।
नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा जिहोलाई नेपालकै अग्रणी दुईपांग्रे ब्राण्ड बनाउने उद्देश्यले समयापेक्षिक योजना तथा उत्पादनहरू सार्वजनिक गर्ने पनि जनाएको छ । जसअन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरूको सुरुवात पनि गरिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS