सीएफमोटो नेपाल ले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेनुइन स्पेयर पाट्र्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ।
यस पहलले देशभरका सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सीएफमोटो ले काठमाडौं उपत्यका भित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पाट्र्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको छ।
सीएफमोटो नेपाल ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको छ।
कम्पनीले स्पेयर पाट्र्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफमोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

देशका प्रमुख सहरहरूमा उपलब्धता
काठमाडौं उपत्यका बाहिर:
अब ग्राहकहरूले निम्न सहरहरूमा सीएफमोटोका जेनुइन स्पेयर पाट्र्स सहजै प्राप्त गर्न सक्नेछन्:
. बिर्तामोड
. इटहरी
. हेटौंडा
.चितवन
. बुटवल
. पोखरा
.नेपालगञ्ज

काठमाडौं उपत्यकाभित्र:
अधिकृत सेवा केन्द्रहरूमा स्पेयर पाट्र्स उपलब्ध छन्:
.कालोपुल – सीएफमोटो सर्भिस स्टेसन
.बुद्धनगर – काठमाडौं अटो क्लिनिक
.सल्लाघारी – राइडर्स ग्रुप