काठमाडौं । सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडीबी) स्मार्ट बोर्ड सुरु गरेको छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
नयाँ प्रविधि र आविष्कारहरू सधैं नै भइरहेको छ । यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुने कम्पनीको विश्वास छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्ने सीजीको विश्वास छ ।
इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गर्न सकिन्छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ ।
बोर्डमा फोरके रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छ । यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् ।
रिमोट लर्निङसँग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु सँग सजिलै जोडिन सक्दछ । यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ ।
FACEBOOK COMMENTS