काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स ( एसडीए ) ले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दसैंमा १० अफर’ ल्याएको छ ।
यस अभियानअन्तर्गत दस भाग्यशाली ग्राहकहरूले १०-१० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
यसअन्तर्गत सीजीका साना घरायसी सामान खरिद गरी डिजिटल लक्की ड्रमार्फत चितवनकी दामन्ती थापाले १० ग्रामको सुनको सिक्का जित्न सफल भएकी छन् ।
यो अफर सीजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।
यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।
यो अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिका लागि लागू गरिएको छ ।
नेपालकै नं. १ र ठूलो ब्राण्ड सीजीले प्रत्येक नेपालीहरूको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सीजीले सीजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ, जसमा प्रिमियम सामानरू मात्र उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS