पाल्पा । सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीस्थित सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले ताला लगाएका हुन् ।
स्थानीयको माग पूरा नगरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । आफ्ना मागहरू पूरा गर्न स्थानीयले पटक–पटक अनुरोध गर्दै आएका थिए । तर, कम्पनीले कुनै वास्ता नगरेपछि शनिबार तालाबन्दी गर्न बाध्य भएको एक स्थानीयले बताए ।
धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।
FACEBOOK COMMENTS