काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई दृष्टिगत गर्दै पहिलो पटक बीएलडीसी सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी स्वीच टू बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ ।
उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बीएलडीसी टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।
नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार घुम्ने गर्दछ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको कम्पनीले जनाएको छ । यो फ्यान ११० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधिको रहेको पनि कम्पनीको भनाइ छ ।
रिमोटको सुविधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चार वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरुमार्फत वितरण गर्दै आइरहेको छ ।
त्यस्तै, सीजीले विभिन्न डिजाईन र मोडलमा अरु पनि थुपै्र नयाँ सिलिङ, स्ट्याण्ड, टेबल, वाल र एड्जस्ट फ्यानहरु ल्याएको छ ।
सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रंगहरुमा उपलब्ध छन् । त्यस्तै अर्को हाइ स्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरै भन्दा धेरै हावा प्रवाह गर्दछ ।
यस्तै स्ट्याण्ड, टेबल, वाल र एड्जस्ट फ्यानहरुमा पनि यस्तै सिरिजहरु उपलब्ध छन् ।
FACEBOOK COMMENTS