चितवन । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ ।
सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ । अफर चैत २५ देखि वैशाख २०८० सम्म लागू हुनेछ ।
‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् ।
तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महाप्रबन्धक उज्वल केसीले बताए ।
सिजी ल्यान्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ ।
चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ ।
ल्याण्डमार्कमा विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी, ब्रोकेड, सेमीर, मिनिक्लब, योनेक्सलगायतका अथोराइज्ड आउटलेटहरु छन् ।
यस्तै फेसन ब्रान्डदेखि गजेट्ससम्म, खानेकुरादेखि खेलकूदका सामग्रीसम्मका विश्व प्रशिद्ध ब्रान्ड पनि पाउन सकिनछ ।
यस्तै अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि छन् ।
FACEBOOK COMMENTS