काठमाडौं । सीजी हिरो मोटोकर्पले ‘एक्सट्र्याक’ इभेन्टको दोस्रो संस्करण पोखरामा आयोजना गर्ने भएको छ ।
इभेन्टको पहिलो संस्करण धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ सम्पन्न गरेको कम्पनीले दोस्रो संस्करण जेठ ३१ गते पोखरामा आयोजना गर्ने भएको हो । उक्त इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरूले डर्ट ट्रयाक एवं अफ रोड राइडिङको अविष्मरणीय अनुभव गर्न पाउने छन् ।
इभेन्टमा सहभागिहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो, विशेष रूपमा डिजाइन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रूपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्ने छन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यावसायिक मार्शलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।
पोखराको महेन्द्र गुफानजिक आयोजना हुने बहुप्रतीक्षित ‘एक्सट्«याक इभेन्ट’ बिहान १० बजेदेखि सुरू हुने छ । यस इभेन्टमा सहभागिता जनाउन चाहनेहरूले समयमा नै हिरो मोटोकर्प नेपालको सोसल मिडिया पेजमा गई निःशुल्क रूपमा रजिष्ट्रेशन गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने छन् । सहभागिताका लागि इच्छुक राइडरहरूले चालक अनुमतिपत्रका साथ सेफ्टी गियरहरू आफ्नो साथमा लिएर आउनुपर्ने छ ।
इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरूका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइने छ । साथै, कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको छ ।
उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकलप्रेमी युवा पुस्ताहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सीजी हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाइलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो ।
FACEBOOK COMMENTS