काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरू गरेको घोषणा गरेको छ ।
‘ह्वाई वेट फर द फेस्टिभल ?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ ।
नामीले आफ्नो सेग्मेन्ट फस्र्ट फिचरहरू, बलियो रेञ्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ–स्टार लक्जरी ईभी बनाएको छ ।
ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रूपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रूपैयाँ थियो । चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको छ ।
अफर विवरण:
– चाडपर्व मूल्य: ३३.९९ लाख रूपैयाँ (पहिलेको मूल्य: ३४.७९ लाख)
– अफर उपलब्ध: डोङफेङ नामीको देशभरका सम्पूर्ण शोरूमहरूमा
डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको छ । यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।
नामीले चाडबाड अगाडि नै उत्सव ल्याइदिएको छ भने अब चाडपर्व नै किन कुर्नु ?
FACEBOOK COMMENTS