काठमाडौं । जीएसी मोटर्सको उत्पादन एयोनको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरी, जीएसी ईन्टरनेशनलका भाइस जीएम स्टिभेन वाङ, जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका निर्देशक छेन वान, एसिया क्षेत्रका जीएम साम छु, जीएसी एयोनको जीएम अफिसका स्पेशलिस्ट डु मिङ यी, प्रोजेक्ट म्यानेजर व यीवेइ, एशियाका मार्केटिङ प्रबन्धक ग्रेस निउले हिजो बिहीबार संयुक्तरूपमा सो शोरुम उद्घाटन गरे ।
चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएका एसयूभीको नेपालमा पनि बिक्रीवितरण सुरु भइसकेको छ । आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको छ, जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ । यसको लिथियम–आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि सुविधा छ । एक फुल चार्जमा यो ईभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्दछ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ ।
एयोन वाईको अगाडि र पछाडि, दुवै चक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ मिलिमिटर छ । एयोन वाईमा १७ एल्युमिनियम आलोय पाङ्ग्राहरू, एलईडीडे टाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सुविधाहरू छन् । यसमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ र ४०५ लिटरको विशाल बूट पनि छ जसलाई १२०० लिटरसम्म बढाउन सकिन्छ ।
एयोन वाईमा सुरक्षालाई विषेश ध्यान पुर्याइएको कम्पनीले जनाएको छ । गाडीमा आठ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ । गाडीमा १०.२५ इन्च इन्स्टुमेन्ट प्यानल, मल्टिइन्फर्मेसन डिस्प्ले र १४.६ इन्च टच स्क्रिन डिस्प्ले रहेको छ । यसबाहेक, एचडी भिजन पार्किङ सिस्टम, कि–लेस इन्ट्री र ३६० डिग्री एचडी सिस्टम अन्य थुप्रै सुविधाहरू छन् ।
भ्यू क्यामेरा
जीएसी मोटर्स नवीन, उच्च–गुणस्तरका इलेक्ट्रिक सवारीहरूको अग्रगामी उत्पादन गर्नमा प्रतिबद्ध रहेको जनाइएको छ । सबैका लागि दिगो, प्रभावकारी र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्नु नै जीएसी मोटर्सको लक्ष्य हो । हाल नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । एयोन वाईबारे थप जानकारी र टेस्ट ड्राइभ गर्नका लागि थापाथलीस्थित शोरुममा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS