काठमाडौं । सतुङ्गलमा रहेको डेटा सेन्टरमा आगजनी हुँदा बन्द भएको चौधरी समूहको सीजी नेट क्रमश: सञ्चालनमा आउन थालेको छ ।
जेन्जी आन्दोलनका क्रममा सतुङ्गलमा रहेको सीजी पार्कमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए । सीजी नेटको डेटा सेन्टरसँगै इन्टरनेट सेवाका लागि आवश्यक पर्ने अधिकांश उपकरण त्यहीँ थियो ।
आगजनी र तोडफोडका कारण सीजी नेटको डेटा सेन्टर जलेर ध्वस्त भएको छ । साथै, फाइबर तार, राउटरसहितका उपकरण पनि जलेर काम नलाग्ने भएका छन् । सीजी नेटले इन्टरनेट सेवा सहज बनाउन देशैभर थुप्रै टोली बनाएर फिल्डमा प्राविधिकलाई खटाइसकेको बताएको छ ।
कम्पनीको डेटा सेन्टरमा एकदमै ठूलो क्षति पुगेका कारण क्रमश: सेवा सञ्चालन भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS