काठाडौं । नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ ।
केन्ट आरओ वाटर प्यूरिफायरले दसैंतिहारलाई लक्षित गर्दै ‘यो दसैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ नारासहित विशेष अफर सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्दा ग्राहकहरूले सीजी ब्राण्डको १।८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ । यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ।
केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले १०० प्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन् । यिनीहरूमा रो प्लस युभि प्लस युएफ प्लस टीडीएस टेक्नोलोजीको प्रयोग गरिएको छ जसले पानीलाई पूर्ण रूपमा शुद्ध बनाउँछ।
साथै, प्यूरिफायरमा रहेको यूभी इन ट्याङ्क र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिन्छ। यस अफर भदौ २३ गतेदेखि सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ र सम्पूर्ण नेपालभर लागू हुनेछ ।
FACEBOOK COMMENTS