काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै गर्ने भएका छन् । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित भए । उनले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गरे ।
बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिएका हुन् । विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनले यस पटक २४ हजार आठ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार तीन सय आठ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
स्व। चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिएका विश्वकर्माले २०३७ सालमा नेकपा मालेबाट आफना् राजनीतिक यात्रा आरम्भ गरेका थिए ।
उनी विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा (एमाले) को राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बने । त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बने ।
विसं २०६४ साल कृषि तथा सहकारीमन्त्री बने विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बने ।
आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरे । गीत, लेख, रचनामा विशेष रुचि राख्ने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन भए ।
FACEBOOK COMMENTS