काठमाडौं । नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटेल सञ्चालकहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरू समस्यामा परेको बताएका छन् ।
होटेल सञ्चालकहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तर्राष्ट्रिय चेन होटेलहरू नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका हुन् ।
एक उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय होटेल चेनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी सो विषयमा जानकारी गराएका हुन् ।
छलफलमा उनीहरूले अन्तर्राष्ट्रिय होटेल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भने र उनीहरूको उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताएका थिए । अहिले फिटामा भएको नियामक व्यवस्था र होटेल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटेलहरू ल्याउन ठूलो समस्या सिर्जना गरेको बताएका छन् ।
अहिले नेपालमा रहेका अन्तरराष्ट्रिय चेन होटेलहरूको कार्यसम्पादन समीक्षा गरी शुरु भएको र ती होटेलहरूले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यकोतर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन् । फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैं जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदि उक्त व्यवस्था रहिरहे नेपालमा संचालित विदेशी चेन समेत बाहिरिने सम्म अवस्थामा पुग्ने उनीहरूको चिन्ता थियो ।
छफलमा समितिका सभापति वस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरूप विदेशी मुद्रा आर्जन गर्नका निमित्त समेत अन्तरराष्ट्रिय चेनलाई नेपालमा सहज रूपमा आउने वातावरण बनाउनुपर्ने बताएका थिए । ‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तरराष्ट्रिय चेन होटेलले हुने,’ वस्नेतले भने, ‘उनीहरूले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन तर, फिटामा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तरराष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन् ।’
उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्नेत, नेपालमा सञ्चालित चेन होटेलहरूका प्रतिनिधि अनिरुद्ध कुमारलगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS