काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा सहभागि हुन आव्हान गरेका छन् ।
काँग्रेसको विशेष महाधिवेशनमा स्वागत मन्तव्य दिदै नेता घिमिरेले विशेष महाधिवेशनलाई शतप्रतिशत बनाउन आव्हान गर्दै विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा आउन देउवा र खड्कालाई आव्हान गरेका हुन् ।
घिमिरेले विशेष महाधिवेशनमा उपस्थित रहेका काँग्रेसका नेता कार्यकर्तालाई नजरअन्दाज नगर्न चेतावनी दिदै विशेष महाधिवेशनमा सहभागी भएर उत्सव बनाउन आग्रह गरेका छन् ।
उनले संस्थापन पक्षको दबाबका बीच विशेष महाधिवेशनमा सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुलाई धन्वाद दिदै अब यस विशेष महाधेशनले काँग्रेसको आगामी दिशा तय गर्ने बताए ।
FACEBOOK COMMENTS