काठमाडौ । रास्वपा महाधिवेशनमा सभापति रवि लामिछानेले मतदान गरेका छन्।
उनले आज मध्याह्न मतदान गरेका हुन्। ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ।
केन्द्रीय सदस्य निर्वाचनपछि पदाधिकारीका लागि निर्वाचन हुनेछ। सभापतिमा लामिछाने निर्विरोध भइसकेका छन्।
आज मध्याह्न १२ बजेर २० मिनेटसम्म २ हजार ९ सय ३० जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिसकेका छन्।