काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तामाङलाई पक्राउ गरेको जानकारी गराएको छ ।
सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी गरेको उजुरी परेपछि तामाङलाई पक्राउ गरिएको हो ।
FACEBOOK COMMENTS