काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, रु एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।”
यसैगरी पूर्वप्रम ओलीले गौरीगञ्जस्थित रतुवाखोलामा निर्माण भएको पुलको समेत निरीक्षण गर्नुभएको थियो ।
एक दशकअघि पुल निर्माण भए पनि पुल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । पुल नियमितरूपमा सञ्चालन हुन नसक्दा दक्षिणी भेगका बासिन्दा पूर्वी मोरङसम्म आवतजावत गर्न सास्ती खेप्दै आएका छन् ।
FACEBOOK COMMENTS