काठमडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले मुलुकको अर्थतन्त्र जोगाउन ‘एक प्यान, एक खोप’ नीति अघि सार्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आज शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सो सुझाव दिएका हुन् ।
नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने संकल्पसहितको नीति लिएकोमा खुशी व्यक्त गर्दै उनले सरकारलाई उक्त सुझाव दिएका हुन् । ‘अर्थतन्त्र जोगाउन सरकारले ‘एक प्यान, एक खोप’ नीति अघि सार्नु आवश्यक छ,’ उनले भने अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने निजी क्षेत्रलाई सरकारले खोपको प्राथमिकतामा राख्नुपर्दछ ।’
अध्यक्ष श्रेष्ठले परिमार्जित बजेटबाट करको दर कम हुने, मूल्य अभिवृद्धि दर कम गर्ने, आगामी केही वर्षसम्म बैंक व्याजदर एकल दरमा नबढ्ने तथा लघु–साना–घरेलु उद्योग व्यवसायलाई प्रत्यक्ष सहयोग हुने राहत प्याकेजको व्यवस्था हुने आशा व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS