काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् ।
यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् । सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्दैछन् ।
दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् । यो विषयमा यसअघि गत आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए ।
बुधबार राष्ट्रपतिलाई भेटेर अध्यक्ष दाहालले आईपीयूमा जानेबारे जानकारी गराएका हुन् । भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको बताइएको छ ।
FACEBOOK COMMENTS