काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आव २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको २ करोड ४९ लाख बजेट टुक्रा-टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले चक्रघट्टा गाउँपालिका तत्कालीन अध्यक्ष विक्रम यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर,
सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-ईन्जिनियर सन्तोष राय, सब-ईन्जिनियर राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव, एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजु कुमारी शाहको जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगिता कुमारीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
FACEBOOK COMMENTS